विद्यालयभित्र ‘शुल्कको जाल’: निःशुल्क शिक्षा नीति कागजमै सीमित ?

हेटौंडा, मकवानपुर । मकवानपुरस्थित एक सामुदायिक विद्यालयले सरकारको ‘निःशुल्क शिक्षा’ सम्बन्धी नीतिविपरीत विद्यार्थीबाट विभिन्न शीर्षकमा शुल्क उठाएको आरोप सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको विवरण अनुसार श्री बागेश्वरी माध्यमिक विद्यालयले सहयोग शुल्क लगायतका शीर्षकमा रकम असुल गरेको देखिएको छ । सार्वजनिक गरिएको बिलमा मासिक पढाइ शुल्क, खेलकुद शुल्क, पुस्तकालय शुल्क, परीक्षा शुल्क, कम्प्युटर शुल्क, प्रयोगशाला शुल्क, मर्मत सुधार शुल्क लगायत विभिन्न शीर्षक उल्लेख गरिएको छ ।

सरकारले आधारभूत तहसम्म ‘निःशुल्क शिक्षा’ को व्यवस्था गरेको भए पनि विद्यालयले अतिरिक्त शीर्षकमा शुल्क उठाएको देखिएपछि यसले नियम उल्लंघन भएको हो कि भन्ने प्रश्न उठेको छ ।

स्थानीय अभिभावकहरूका अनुसार विद्यालयले अनिवार्य जस्तै बनाइ विभिन्न शुल्क असुल्ने गरेको गुनासो छ । यद्यपि, विद्यालय प्रशासनले भने यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन ।

यस घटनाप्रति सरोकारवाला निकायहरूको ध्यानाकर्षण भएको छ भने सम्बन्धित निकायले छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग समेत उठ्न थालेको छ ।
[ नोट: यस विषयमा विद्यालय पक्षको धारणा आउन बाँकी रहेको छ ।]

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.