मकवानपुर । काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका ११ शिखर कटेरीका २३ बर्षका सार्थक लामा “दि भ्वाइस अफ नेपाल” सिजन ६ को टप ६ मा पुगेका छन् । “दि भ्वाइस अफ नेपाल” को सिजन ६ को टप ६ पुगेका लामालाई बढी भन्दा बढी भोट गरेर जिताइदिन पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले आग्रह गरे । नव गायक सार्थक लामाले भविष्यमा नेपाली गीतसंगीतको क्षेत्रमा ठुलो योगदान पुर्याउन सक्ने क्षमता बोकेको प्रतिभा भएको बताउँदै खरेलले अब थप अगाडि बढ्न भोटको आवश्यक परेकाले देश तथा बिदेशमा छरिएर रहेका सम्पूर्ण नेपालीहरुलाई भोट गरेर सहयोग गरिदिन आग्रह गरेका छन् ।
साथै पाँचखाल नगरपालिकाका उप-प्रमुख सुर्यमाया दनुवारले पाँचखाल नगरपालिकालाई मात्र नभएर पुरै काभ्रेपलान्चोक जिल्लाले बहुप्रतिभाशाली प्रतिभा पाएको बताउँदै शिखर कटेरी निवासी प्रतिभाशाली गायक सार्थक लामालाई भोट दिएर जिताइ दिन आग्रह गरिन् । त्यस्तै सार्थक लामाका बुवा सुनिल लामाले देश बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुले भोट गरेर आफ्नो छोरा जिताई दिन अनुरोध गरेका छन् । लामालाई भोट गर्नको लागी खल्ती एप डाउनलोड गरी टीम मेलिनाकोमा गएर भोट गर्न सकिने र क्यूआरमार्फत पनि भोट गर्न सकिने छ ।
अहिले ब्याचलर पढ्दै गरेका गायक लामाले कक्षा ७ मा पढ्ने बेलामा पनि लैबैरी सिङ्गिङ स्टारमा भाग लिएर सेकेन्ड रनरअफको ट्रफी उचालेका थिए । सबैको सहयोगले आफू यो स्थानमा पुग्न सफल बनेको बताउँदै गायक लामाले अब अझै पनि अगाडि बढ्न बढी भन्दा बढी भोट आवश्यक रहेकोले सक्दो भोट गरिदिन आग्रह गरे ।
संगीत क्षेत्रमा उर्बर काभ्रेपलान्चोकले धेरै कलाकार जन्माइसकेको छ । यसैक्रममा अहिले “दि भ्वाइस अफ नेपाल” मार्फत लामाले पनि सांगीतिक आकाशमा निकै चर्चा बटुलिरहेका छन् । काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका ११ शिखर कटेरीका सार्थक लामा “दि भ्वाइस अफ् नेपाल” सिजन ६ को अन्तिम ६ मा पुगिसकेका छन् । उनी कोचहरुले रुचाएका प्रतिस्पर्धीहरु माध्येका एक हुन् र दर्शक र स्रोताले पनि उनलाई निकै मन पराइरहेका छन् ।
हिमालयन टेलिभिजनमा हरेक शुक्रबार र शनिबार साँझ ८ बजे प्रसारण हुने रियालीटी शोमा चार कोचमध्ये सुरुमा सार्थक लामा कोच राजु लामाकोमा थिए तर पछि ब्याटल राउन्डमा आउट भएपछी उनलाई कोच मेलिनाले सिस्टिल गरेका थिए । गायक लामा हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै अन्तिम टप ६ मा आई पुगेका हुन् । उनलाई जिताउनको लागि अहिले भोटिङ पनि खुला छ । साथै “ब्लाइन्ड अडिसन” मा कोच राजु लामाको “म माया लाउदिन” गित गाएर निकै चर्चा कमाउन सफल लामाले २ कोचको कुर्सी मात्रै घुमाउन सफल बनेका थिए ।











