काठमाडौं । भुटानकी प्रतिभाशाली गायिका मनिषा ससाङ्खर नेपालको लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ७’ मा सहभागी भएकी छन् । उनले ब्लाइन्ड अडिसन राउण्डमा उत्कृष्ट प्रदर्शन गर्दै निर्णायकहरूको मन जित्न सफल भइन् ।
मनिषाले अन्ततः टिम राजु लामा रोज्दै आफ्नो संगीत यात्रा अघि बढाउने निर्णय लिएकि छिन् । उनको मधुर आवाज र प्रस्तुतीलाई सामाजिक सञ्जालमा यतिखेर निकै प्रशंसा भईरहेको छ ।
दर्शकहरूले मनिषा ससाङ्खरलाई आगामी एपिसोडहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्नका लागि हार्दिक शुभकामना दिएका छन्।
#TheVoiceOfNepal #TeamRajuLama #ManishaSasangkhar #Bhutan
प्रतिकृया दिनुहोस्










