रवि लामिछानेको बहस सकियो, आजै आदेश आउने

मकवानपुर, जेठ ९ गते । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको रिटमा आज जाहेरीकर्ता पक्षले बहस सुरु गरेको छ । सभापति लामिछाने सहित पूर्वडीआइजी छविलाल जोशी र सरकारी वकिलको तर्फबाट बहस बिहिबार सकिएको थियो ।

आज जाहेरीकर्ताको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले बहस गर्दै छन् । उनीहरुको बहस सकिएपछि निवेदकका तर्फबाट आजै जवाफी बहस हुने छ । रवि लामिछाने र छवि जोशीको पक्षबाट जवाफ बहसपछि आजै आदेश आउने उच्च सम्भावना रहेको छ ।

मंगलबारबाट न्यायाधिशदोय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाई भैरहेको छ । ३ दिनको सुनुवाईपछि आज आदेश आउन सक्ने देखिएको हो । सर्वोच्चले रवि लामिछानेको हकमा उच्चको आदेश बदर गरेको खण्डमा लामिछाने थुनामुक्त हुने छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.