जनता समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा दिपक

मकवानपुर, साउन २४ गते । जनता समाजवादी पार्टी मकवानपुरले रुपान्तरण घोसणा कार्यक्रम सम्पन्न गरेको छ । सोमबहादुर घलानको सभाध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथी पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ थिए ।

साथै विशिष्ट अतिथि जनता समाजबादि पार्टीका केन्द्रीय अध्यक्ष अशोक राई, केन्द्रीय उपाध्यक्ष शुशिला श्रेष्ठ, महासचिव मो. इस्तियाक रायी, अतिथिहरू केन्द्रीय सदस्य अर्जुन लम्साल, केन्द्रीय सदस्य सोनम लामा, बागमती प्रदेश मुख्य सचिव दिपक जगं कुँवर, नेवा राष्ट्रिय समिति सचिव उमा ताम्राकार, काठमाडौं जिल्ला अध्यक्ष सुजन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा दिपक सिंतानको अध्यक्षतामा मकवानपुर जिल्ला कार्यसमिति गठन गर्नुको साथै, सुशिला घलानको अध्यक्षतामा महिलासंघ र बिबेक घलानको अध्यक्षतामा मकवानपुर समाजवादी जिल्ला युवासंघ गठन भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.