नेपाल तरुण दल मकवानपुरको ५औं अधिवेशनको तयारी बैठक सम्पन्न

मकवानपुर, भदौ ११ गते । नेपाल तरुण दल मकवानपुरले आफ्नो ५औं जिल्ला अधिवेशनको तयारी प्रारम्भ गरेको छ । लामो समयदेखि रोकिएर बसेको तरुण दल जिल्ला शाखाको अधिवेशनको जिम्मेवारी पुरानै अध्यक्ष ईश्वर पाठकलाई गर्नका लागि केन्द्रबाट परिपत्र भएपछि नेपाल तरुण दल मकवानपुरले तोकिएको समयमा अधिवेशन सक्नका लागि कार्ययोजनासहित अभियान सुरु गरिएको हो ।

नेपाल तरुण दलको पूर्णकालिन सदस्यता नवीकरण र नयाँ सदस्यता तत्काल वितरण गरेर जिल्ला अधिबेशन गर्ने बिषयमा छलफल सम्पन्न भएको छ । आज भएको उक्त छलफलबाट नेपाल तरुण दलको ५औं महाधिवेशन अन्तर्गत मकवानपुर जिल्ला अधिवेशन सम्पन्न गर्न २०८२ साल भदौ ११ गते पार्टी नेतृत्वसँग समन्वय गरि नेपाल तरुण दल जिल्ला कार्यसमिति र जिल्लाबाट प्रतिनिधित्व गर्ने तरुण दल केन्द्रीय सदस्यको संयुक्त बैठक बसि २०८२ साल भदौ २१ गते जिल्लाको हरेक तहसम्म पूर्णकालिन सदस्यता नवीकरण र नयाँ सदस्यता फारम के कसरी वितरण गर्ने भनी बैठक राख्ने निर्णय भएको नेपाल तरुण दल मकवानपुरका जिल्ला अध्यक्ष ईश्वर पाठकले बताएका छन् ।

साथै नेपाल तरुण दलका केन्द्रिय सदस्य राजेश भेट्वालका अनुसार तरुण दल मकवानपुरको अधिवेशन लक्षित कार्यक्रमको सुरुवात बताउनु भएको छ । केन्द्रले दिएको समयावधीभित्र नै अधिवेशन सम्पन्न गर्नका लागि जिल्लाका सबै तरुणहरु एकबद्ध भएर अभियानमा लागि सकेको भेटवालले बताउनु भयो । त्यस्तै मकवानपुरलाई तरुणमय बनाउने र गुटबन्दीको अन्त्य गर्दै समयमै तरुण अधिबेशन सम्पन्न गर्न सबैलाई आग्रह समेत गर्नु भएको छ ।

उक्त छलफल कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, तरुण दल केन्द्रिय सदस्य राजेश भेटवाल, गोपि दाहाल र अन्य तरुण नेताहरु राजकुमार बास्तोला, लिलाराज सापकोटा (सन्तोष), सुरज बर्तौला, अञ्जना उपाध्याय, सचित थापा, रुपकराज दाहाल लगायत अन्य तरुण नेताहरुको समेत उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.