मकवानपुरमा अवैध गाईगोरु तस्करी बढ्दो, नियन्त्रणमा प्रशासन असफल

मकवानपुर । पछिल्ला महिनाहरूमा मकवानपुरमा अवैध गाईगोरु तस्करी तीव्र रूपमा बढेको स्थानीय स्रोतहरूले जनाएका छन् । प्रशासनले नियन्त्रणमा लिएको दाबी गरे पनि प्रहरी र कार्यालयभित्रकै संलग्नता तथा राजनीतिक दबाबका कारण यो गैरकानुनी व्यापार रोक्न कठिन बनेको देखिन्छ ।

स्रोतका अनुसार राति–बेलुका सीमा क्षेत्र र ग्रामीण मार्ग हुँदै भारततर्फ गाईगोरु तस्करी गर्ने समूहहरू सक्रिय छन् । यस क्रममा स्थानीय प्रशासनले समय–समयमा केही व्यक्ति नियन्त्रणमा लिएको भए पनि मुख्य नाइकेहरू अझै पनि फरार रहेका छन् ।

प्रहरीले “नियमित निगरानी भइरहेको” बताइए पनि सर्वसाधारणको आरोप छ— “भित्रभित्रै मिलेमतोका कारण कार्यवाही कमजोर भएको”। साथै, केही जनप्रतिनिधि र प्रभावशाली व्यक्तिहरूको राजनीतिक संरक्षणले समेत तस्करी नियन्त्रणमा चुनौती थपेको स्थानीयवासीहरूको भनाइ छ ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले भने, “अवैध तस्करी रोक्न संयुक्त टोली सक्रिय छ, जो कोही संलग्न पाइए कानूनी कारबाही गरिनेछ ।”

तर यतिबेला गाईगोरु तस्करीमाथि प्रशासनको वास्तविक नियन्त्रण छैन भन्ने धारणा सर्वसाधारणमा बलियो बन्दै गएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.