मकवानपुर । दुवै मिर्गौलाले काम गर्न छाडेपछि मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल प्राली स्वयुम्भु काठमाडौंमा उपचार गर्दै गरेकी फुलमाया स्याङ्बो (सपना) ले आफ्नो उपचारका लागि सबैसग सहयोगका लागि अपिल गरेकी छिन् । सिन्धुली भद्रकालि स्थायी घर भएकी हाल भने काठमाडौ सितापाईलामा बस्ने २२ वर्षीया फुलमायाको जीवनरक्षाका लागि मिर्गौला प्रत्यारोपण गर्नु पर्ने भएपछि उनले आर्थिक सहयोगका लागि याचना गरेको हो ।
मिर्गौला प्रत्यारोपणका लागि पूर्व तयारीमा रहन दैनिक डायलासिस, अन्य उपचार, औषधि तथा शैयाको खर्चमै हालसम्म करिबकरिब ५ लाख रूपैयाँ सकिएको बताउँदै फुलमायाका दाजुले आफैं मिर्गौला दिएर उनलाई बचाउन चाहेको फुलमायाले बताईन । उपचारकै क्रममा आफूसँग भएको रकम सबै खर्च भइसकेको र थप उपचारका लागि समस्या परेको बताउँदै बिरामीलाई बचाउन मिर्गौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको उपचारमा संलग्न चिकित्सकले बताएको फुलमायाले सुनाए ।
‘चिकित्सकले सबैतिरबाट चाँडो आर्थिक सहयोग जुटाएर तयारी अवस्थामा बस्न भनेका छन् । अहिलेसम्ममा डाइलासिस, अन्य उपचार, औषधि र अस्पतालको बेड चार्जमै करिबकरिब ४ देखि ५ लाखसम्म सकियो,’ फुलमायाले भनिन्, ‘तपाईंहरूकोे सहयोग पाए मैले नयाँ जीवन पाउन सक्छु कि भन्ने आशा र भरोसामा छु ।’ २२ बर्षाको कलिलो उमेरमै मिर्गौला फेल भई थला परेपछि फुलमाया निराश बनेकी छिन् । साथै उनको परिवारको आर्थिक अवस्था पनि निक्कै नाजुक रहेको छ । यदि कोहि शुभेच्छुक र सहयोगीदाताहरुले उनलाई सहयोग गर्न चाहानु हुन्छ भने कुमारी बैंकमा रहेको बिरामीको खाता नम्बर- 2870289362000001 मा सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ । साथै हाम्रो ‘राक्सिराङ अनलाइन’ मार्फत पनि सहयोग गर्नु चाहानु हुन्छ भने सिधै हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।










