मकवानपुर, असार २९ गते । कैलाश गाउँपालिकामा सञ्चालित बालगृहमा आश्रय लिइरहेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रमख अधिकृत पक्राउ परेका छन् । सांग्रिला डेभलपमेन्ट एसोसिएसनले कैलाश ३ मा सञ्चालन गरेको बालगृहमा विगत ४ वर्षदेखि बस्दै आएकी १७ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार गरेको जाहेरीको आधारमा बालगृहका प्रमुख ४८ वर्षीय प्रमुख मधुसुदन राउतलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।
राउतलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरि मकवानपुर ल्याइएको हो । राउतलाई आज म्याद थपका लागि मकवानपुर जिल्ला अदालतमा लगिएको छ । किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउतविरुद्ध ८ असारमा जाहेरी दर्ता गरेकी थिइन् ।
डीएसपी अर्यालका अनुसार राउतले बालिकालाई जेठ १ गतेदेखि २८ गतेसम्म पटक–पटक बलात्कार गरेको जाहेरी परेको छ ।
साथै पीडित बालिकाको बाबुको दुर्घटनामा मृत्यु भएको र आमा सम्पर्कविहीन भएपछि बालगृहमा आश्रय लिएर बस्दै आएकी थिइन् ।











