मनहरी गाउँपालिकाले प्लास्टिक फूलमाला बिक्री–वितरणमा लगायो रोक

मकवानपुर । मनहरी गाउँपालिकाले यस वर्षको दसैं, तिहार लगायतका चाडपर्वमा प्लास्टिकजन्य फूलगुच्छा र माला को बिक्री, वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै नेपाल सरकारले २०७९ सालमा जारी गरेको निर्देशन अनुसार प्लास्टिकजन्य सामग्रीको उत्पादन, आयात, भण्डारण र वितरणमा निषेध गरिएको जानकारी गराएको हो ।

सूचनामा भनिएको छ —

“प्लास्टिकजन्य फूलमाला एवं फूलगुच्छाको कानुन विपरीत प्रयोग, भण्डारण, बिक्री वितरणको कार्यलाई नियन्त्रण गरिनेछ ।”

गाउँपालिकाले नागरिकहरूलाई स्थानीय रूपमा उत्पादन भएका प्राकृतिक फूल, गोबरादि, बेलपत्र लगायतका वस्तुहरूको प्रयोग गर्न आग्रह गरेको छ । साथै, नेपाली मौलिक परम्परा, संस्कृति र सभ्यताअनुरूप चाडपर्व मनाउन अनुरोध गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले हस्ताक्षर गरेको उक्त सूचनामा भनिएको छ —

“महान् चाडहरूलाई स्वदेशमै उत्पादन भएका सामग्री प्रयोग गरी मर्यादित र मौलिक संस्कृतिमा आधारित रही मनाउन सबैमा अनुरोध छ। ”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.