मकवानपुर । मनहरी गाउँपालिका–६, सुनाचुरीका ६५ वर्षीय बलबहादुर राई आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका छन् । घटना देखेपछि स्थानीय वडाध्यक्षले तत्काल प्रहरी चौकी सुनाचुरीलाई खबर गरेका थिए ।
सूचना पाए लगत्तै प्रहरी निरीक्षक शम्भु नारायण साहको नेतृत्वमा टोली घटनास्थल पुगेको र क्षेत्रलाई सुरक्षित बनाई प्रारम्भिक अनुसन्धान थालिएको प्रहरी स्रोतले जनाएको छ । थप अनुसन्धानका लागि SOCO टोलीसहित प्रहरी निरीक्षक दीपक थापाको कमाण्डमा अर्को टोली पनि परिचालन गरिएको छ ।
उक्त घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट करिब ३ किलोमिटर पूर्व र इलाका प्रहरी कार्यालय मनहरीबाट करिब ७ किलोमिटर पश्चिमतर्फ अवस्थित रहेको छ ।
प्रहरीले प्रारम्भिक तथ्य संकलन भइसकेपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस्









