मकवानपुर । “हामी कतै नाच्न गएका छैनौं, सडकको खाल्डो पुर्ने काम गर्दछौं । ” — यही सन्देशका साथ पश्चिम मकवानपुरको मनहरी बजार क्षेत्रमा सडक मर्मत अभियान सुरु भएको छ ।
स्थानिय पहलमा सुरु गरिएको यस अभियान अन्तर्गत सडकका खाल्डाखुल्डीमा डस्ट भरिने कार्य भइरहेको छ । यसका लागि डस्ट प्रदान गर्ने कामना क्रसर र त्यसको उपलब्धता सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्ने मनहरी गाउँपालिका ७ का वडा अध्यक्ष ठाकुरराम तितुङ र नेपाली कांग्रेस मनहरी गाउँपालिका ८ का सभापति भिमसेन लामा प्रति मनहरी बजार टोल विकास समितिको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।
स्थानीयवासीका अनुसार सडक मर्मतको यो अभियानले दैनिक आवागमनमा सहजता ल्याउने मात्र होइन, बजार क्षेत्रको सुन्दरता र सरसफाइमा पनि सकारात्मक प्रभाव पार्ने बताए ।
साथै मनहरी बजार टोल विकास समितिले स्थानीय पूर्वाधार सुधार र जनसहभागितामूलक विकास अभियान संचालन गर्दै आईरहेको छ ।









