जंगलको झिजामिजाबाट प्राङ्गारिक मल: मनहरी–६ मा डिपाड वन समूहको नवप्रयोग

मकवानपुर । मनहरी गाउँपालिका–६ स्थित डिपाड सामुदायिक वन उपभोक्ता समूहले जंगलमा वर्षौंदेखि खेर गइरहेका झिजामिजा, पात–पतिंग्रा र अन्य जैविक पदार्थको संकलन गर्दै प्राङ्गारिक मल उत्पादनको काम सुरु गरेको छ ।

सामुदायिक वनमा नष्ट हुँदै जाने जैविक स्रोतलाई व्यवस्थापन गर्दै कृषिमा प्रयोगयोग्य मल उत्पादन गर्ने उद्देश्यले समूहले यो अभियान अघि बढाएको हो । यसले वन व्यवस्थापन, आगलागी नियन्त्रण, वातावरण संरक्षण र स्थानीय किसानलाई सहज रूपमा प्राङ्गारिक मल उपलब्ध गराउन मद्दत गर्ने समूहको भनाइ छ ।

समूहका पदाधिकारीका अनुसार, प्रारम्भिक चरणमै राम्रो परिणाम देखिएको र स्थानीयको चासो बढेको छ । आगामी दिनमा उत्पादन क्षमता विस्तार गर्दै किसानलाई परम्परागत मलको विकल्पका रूपमा सस्तो र गुणवत्तायुक्त प्राङ्गारिक मल उपलब्ध गराउने तयारी रहेको उनले बताए ।

डिपाड सामुदायिक वन उपभोक्ता समूहको यो पहलले कृषिमा आत्मनिर्भरता, वातावरणीय संरक्षण र स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोगतर्फ सकारात्मक सन्देश दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.