राक्सिराङ–४ मा रुखबाट खस्दा घाइते दम्पतीलाई नेपाली कांग्रेसको सहयोग

मकवानपुर । राक्सिराङ गाउँपालिका–४, पन्जनिमा आज रुखबाट खसेर घाइते भएका प्रेम बहादुर ब्लोन र उनकी श्रीमती पातली माया ब्लोनलाई उपचार खर्चस्वरूप आर्थिक सहयोग प्रदान गरिएको छ ।

स्थानीय स्रोतका अनुसार रुखबाट खस्दा प्रेम बहादुर ब्लोनको हात र खुट्टा भाँचिएको छ भने उनकी श्रीमती पातली माया ब्लोनको हात भाँचिएको छ । घाइते दम्पतीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका–४ वडा समितिका सभापति बिकास ब्लोनको नेतृत्वमा वडा समितिमार्फत रु १५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

साथै उक्त सहयोग सम्बन्धी जानकारी नेपाली कांग्रेस राक्सिराङ–४ वडा सचिव टिकाराम थिङले जानकारी दिएका हुन् । वडा समितिले घाइते दम्पतीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक परे थप सहयोगका लागि पहल गरिने जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा वडा समितिको टिम लगायत पार्टी शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.