राक्सिराङमा चट्याङ लागेर आमाछोरी घाइते

मकवानपुर, असार १३ गते । शुक्रबार साँझ परेको चट्याङ लागेर राक्सिराङ ८ माइसिराङमा आमाछोरी नै घाइते भएका छन् । साँझ ५ बजेको समयमा चट्याङ लाग्दा घरको पिढीमा खेलिरहेकी ६ बर्षीय छोरी एनिका प्रजा र २५ बर्षीय आमा रबिना प्रजालाई चट्याङ लागेको स्थानीय आर्यन प्रजाले बताए ।

स्थानीय देव प्रजाका अनुसार छोरी एनिकाको अवस्था भने गम्भीर रहेको र बेहोस अवस्थामा रहेको बताए । साथै घाइतेहरुको उपचारको लागि स्थानीयले बोकेर मनहरीतर्फ लगेका छन् । चट्याङको जोखिम न्युनिकरणका लागि राक्सिराङ गाउँपालिकाले विभिन्न कार्य गरे पनि चट्याङको जोखिम अझै कम भएको छैन ।

राक्सिराङ गाउँपालिकाले चट्याङ आउनुपुर्व सुचना दिने प्रविधि समेत गाउँपालिकाको विभिन्न स्थानमा जडान गरिए पनि बर्षेनी चट्याङ पर्ने र मानवीय क्षति हुने क्रम भने रोकिएको छैन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.