नेपाल तरुण दल रौतहटले श्रावण ११ बाट पुर्णकालिन फाराम बाड्ने

– दिपेन्द्र पोख्रेल

मकवानपुर, श्रावण ०२  गते । नेपाली कांग्रेस पार्टिको नेपाल तरुण दल महाधिवेशन निर्देशन समितिको संयोजक नेपाली काग्रेसको सहमहामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यमा नेपाल तरुण दल रौतहटको जिल्ला अधिवेशनको बारेमा नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा छलफल सम्पन्न भएको छ ।

उक्त छलफल कार्यक्रममा रौतहट नेपाल तरुण दल कार्यवाहक अध्यक्ष सोभित सिलवाल, तरुण दल केन्द्रिय सदस्य नौसाद आलम, नेपाल तरुण दल जिल्ला सदस्यहरुको उपस्थित रहेको थियो । आज भएको छलफलबाट नेपाल तरुण दलको ५औं महाधिवेशन अन्तर्गत रौतहट जिल्ला अधिवेशन सम्पन्न गर्न २०८२ साल श्रावण १० गते पार्टी नेतृत्वसग समन्वय गरि नेपाल तरुण दल जिल्ला कार्यसमिती र जिल्लाबाट प्रतिनिधित्व गर्ने नेपाल तरुण दल केन्द्रीय सदस्यको संयुक्त बैठक बसि २०८२ साल श्रावण ११ गते देखि जिल्लाको हरेक तहसम्म पुर्णकालिन फाराम बाढ्ने निर्णय भएको हो ।

साथै छलफल कार्यक्रममा निवर्तमान नेपाल तरुण दल अध्यक्ष, निर्देशन समितिको सदस्य, नेपाली कांग्रेस केन्द्रीय सदस्य, राष्ट्रिय सभा सदस्य जित जङ्ग बस्नेत र नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ लगायतको विशेष अतिथिको रुपमा उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.