क्यानडामा तामाङ समाजको नयाँ कार्यसमिति चयन

मकवानपुर, साउन २२ गते । तामाङ समुदायको हित, संरक्षण र प्रवर्द्धनका लागि क्रियाशील Tamang Society of Canada ले नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको कार्यकाल २०२५ देखि २०२७ सम्मका लागि रहने छ ।

उक्त गठित नयाँ कार्यसमितिको अध्यक्षमा कमल मम्बा तामाङ चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा सानु लामा, महासचिवमा अर्चना तामाङ, सचिव निमा मोक्तान, कोषाध्यक्ष मञ्जु तामाङ, सह-कोषाध्यक्ष दीपा मम्बा तामाङ छन् । नयाँ समितिको गठनसँगै क्यानडास्थित तामाङ समुदायभित्र उत्साहजनक वातावरण सिर्जना भएको छ ।

त्यस्तै, समुदायको सशक्त सहभागिता सुनिश्चित गर्न कार्यकारिणी सदस्यहरूमा भीम डोङ तामाङ, लक्षु लामा, हेरुका लामा, रिना तामाङ, सुषिल लामालाई चयन गरिएको छ । नयाँ कार्यसमितिमा विविध पृष्ठभूमिबाट आएका तामाङ व्यक्तित्वहरूको समावेश गरिएको छ । जसले क्यानडामा रहेका तामाङ समुदायका हकहितको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ । साथै समाजका नवनिर्वाचित उपाध्यक्ष सानू लामाले भन्नुभयो, “क्यानडामा रहेका तामाङ दाजुभाइ तथा दिदीबहिनीहरूको भाषा, संस्कृति र पहिचानलाई जगेर्ना गर्दै एकताबद्ध समाज निर्माण हाम्रो मुख्य उद्देश्य हुने छ ।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.