तरुण दलको जिल्ला अधिवेशनको तयारीबारे पार्टी कार्यालयमा छलफल

मकवानपुर, असार २९ गते । नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनको बाँकी कार्य टुंग्याउने विषयमा आज पार्टी केन्द्रीय कार्यालयमा व्यापक छलफल सम्पन्न भएको छ । छलफलको प्रमुख आतिथ्य नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री तथा नेपाल तरुण दल महाधिवेशन निर्देशन समितिका संयोजक डिना उपाध्याय रहेको थियो ।

छलफलमा नेपाली कांग्रेस लमजुङका पार्टी सभापति तथा गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङ, पूर्व जिल्ला सभापति तथा गण्डकी प्रदेशका पूर्व वनमन्त्री भेषकुमार पौडेलको उपस्थिति रहेको थियो । महाधिवेशन निर्देशन समितिको संयोजनमा भएको छलफलमा आपसी सहमतिसहित जिल्लाको अधिवेशनका बाँकी प्रक्रिया सम्पन्न गर्न निर्देशन दिएको छ ।

साथै उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद माननीय सरिता प्रसाई, केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य माननीय जितजङ्ग बस्नेत, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.