मकवानपुर, असार २९ गते । राक्सिराङ गाउँपालिका ५ जिर्के खोलामा ४७ वर्षीय तारानाथ ब्लोनमाथि बियरको बोतल प्रहार भएको छ । शनिबार राती ११ बजेर ३० मिनेटको समयमा सामान्य विवादमा ३० वर्षीय अर्जुन घलानले बियरको बोतलले प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
अर्जुनको बोतल प्रहारबाट तारानाथको टाउकोमा चोट लागेको थियो । बोतल प्रहार गर्ने अर्जुनलाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले छिमेकीको घरमा लुकी बसेको अवस्थाम फेला पारी नियन्त्रणमा लिएको छ । तारानाथलाई भने मनहरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरपुर रिफर गरिएको छ ।
प्रतिकृया दिनुहोस्











