अवसरवादी उपेन्द्र यादव सरकारमा जादै

मकवानपुर, असार ३१ गते । मधेशको मुद्दा भन्दै सत्ता छाडेका उपेन्द्र यादव फेरि सत्तामा फर्किन खोजेको खुलासा भएको छ । हालै रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि डा. सिके राउतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको बैठकमा समेत सहभागी नगराई सत्ता गुमाएका उपेन्द्र यादवलाई स्थान दिएका हुन् ।

मधेश प्रदेश र केन्द्र दुबै तहको सरकारमा सहभागी हुने सहमति बनाउन ओलीले बोलाएको बैठकमा उपेन्द्र सहभागी भएको हो । लामो समयदेखि मधेशको मुद्दा सरकारले नसुनेको भन्दै आन्दोलन गर्दै आएका उपेन्द्रले मन्त्री पदका लागि आफ्नो पुरानै अवसरवादी शैली दोहोर्‍याएका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार, उपेन्द्रले भुमि विधेयक आफ्नो माग अनुसार पास भए मात्रै सरकारमा आउने सहमति जनाएका छन् । साथै, आफू सत्तामा जाँदा सिके राउतलाई सरकारले सहभागी गराउने भए आफू नआउने सर्त समेत राखेका छन् ।

साथै डा. सिके राउतले भने आफू सधैं जनता माझ रहने र जनताको मुद्दा नै बोकिने रहने बताएका छन् । सत्ताको चलखेलबाट बाहिरिएका राउतले फेरि आन्दोलनका मुद्दा उठाउँदै जनता माझ जाने तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.