हर्क सम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीद्वारा मनहरी गाउँपालिका अध्यक्षमा पवन चयन

मकवानपुर । हर्क सम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले मनहरी गाउँपालिकाको अध्यक्षमा पवन कुमार मुक्तानलाई चयन गरेको छ ।

पार्टीको स्थानीय भेलाले सर्वसम्मत रूपमा मुक्तानलाई गाउँपालिका अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । मुक्तानले श्रम, इमान र जनसेवाको मूल मन्त्रलाई आत्मसात गर्दै गाउँको समृद्धि र सुशासनमा योगदान दिने प्रतिवद्धता जनाएका छन् ।

श्रम संस्कृति पार्टीका केन्द्रीय संयोजक हर्क सम्पाङ राईले स्थानीय तहमा संगठन विस्तार र वैकल्पिक नेतृत्व निर्माणमा जोड दिँदै, “हामी जनताको श्रमको सम्मान गर्ने संस्कृतिलाई राजनीतिक आधार बनाउँदै छौं,” भन्ने धारणा राखेका छन् ।

पार्टी स्रोतका अनुसार मुक्तानको नेतृत्वमा अब मनहरी गाउँपालिकामा श्रम संस्कृति पार्टीको संगठनात्मक गतिविधि थप सशक्त र जनमुखी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.