मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी राक्सिराङ गाउँ कमिटीले वडा स्तरीय संगठन विस्तार अभियानलाई तीव्रता दिँदै राक्सिराङ–९ मा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ । नवगठित कमिटीको सभापतिमा डिल बहादुर वाइबा चयन भएका छन् ।
त्यस्तै उपसभापतिमा लोक बहादुर थिङ, सचिवमा टेक बहादुर थिङ (विकास) चयन भएका छन् । कमिटीका अन्य सदस्यहरूमा प्रगती वाल्पा थिङ, मनोज थिङ, किशोर थिङ, परिवर्तन थिङ, राम बहादुर प्रजा, सुकुलाल घलान, सुरेन्द्र वाल्पा थिङ र लक्ष्मण गोङबा रहेका छन् । कार्यक्रम राक्सिराङ गाउँपालिका गाउँ कमिटीका सभापति राजन मल्लको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा गाउँ कमिटी उपसभापति दिपेन्द्र कोइराला, सचिव जगत बहादुर थिङ, वडा नं. ३ का सभापति रमेश कुमार प्रजा, वडा नं. ४ का सभापति दिल बहादुर थिङ, साथै सदस्यहरू राजाराम कोइराला र कृष्ण थापा मगर लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गाउँ कमिटी सचिव जगत बहादुर थिङले नवनिर्वाचित पदाधिकारीहरूको घोषणा गर्दै पार्टीको सिद्धान्त र समाजको भावना अनुरूप काम गर्न आग्रह गरे ।
🔁 एमाले त्यागेर रास्वपामा प्रवेश
यसैबीच, नवनिर्वाचित वडा सचिव टेक बहादुर थिङ (विकास) ले नेकपा (एमाले) को वडा कमिटी सचिव पदबाट राजीनामा दिँदै सोही कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरेका छन् । उनले पुरानो पार्टीमा ठूला नेताहरू मात्र लाभान्वित हुने र तल्लो तहका कार्यकर्ताले अवसर नपाउने गुनासो व्यक्त गरे । साथै, सबै कार्यकर्तालाई समान अवसर दिने विश्वास रास्वपाले दिलाउने उनको भनाइ थियो ।











