राक्सिराङ गाउँपालिकाले सार्वजनिक गर्‍यो ५७ करोड ८८ लाखको बजेट

मकवानपुर — राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ५७ करोड ८८ लाख ९७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शनिबार बसेको गाउँसभामा उपाध्यक्ष वनस्तम थिङले आगामी वर्षको आम्दानी र खर्चको अनुमान प्रस्तुत गरेका थिए। चालू आर्थिक वर्षको तुलनामा १० करोड रुपैयाँ घटाएर बजेट ल्याइएको हो।

गाउँपालिकाले चालू आर्थिक वर्षमा ६६ करोड रुपैयाँको बजेटमार्फत विभिन्न कार्यक्रम कार्यान्वयन गरेको थियो। संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान कटौती भएपछि आगामी वर्षको बजेटमा कमी आएको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए।

आगामी आर्थिक वर्षका लागि पुँजीगत खर्चतर्फ २४ करोड ५३ लाख ६५ हजार रुपैयाँ तथा चालु खर्चतर्फ ३५ करोड ४१ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ।

मुख्य विनियोजन क्षेत्रहरू:

सामाजिक विकास – २२ करोड ६७ लाख ७८ हजार रुपैयाँ
शिक्षा क्षेत्र – १५ करोड ७२ लाख रुपैयाँ
भौतिक पूर्वाधार (सडक, पुल, झोलुङ्गे पुल) – ४ करोड ९९ लाख रुपैयाँ
पूर्वाधार विकास – ७ करोड ९० लाख रुपैयाँ
गाउँपालिकाले आगामी वर्षका लागि बजेटलाई सामाजिक विकास, शिक्षा र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै प्राथमिकता निर्धारण गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.