राक्सिराङको प्राकृतिक सौन्दर्य झल्काउने लोकदोहोरी गीत ‘चिउरी फुल्ने ठाउँ’ सार्वजनिक

हेटौंडा (राक्सिराङ) – मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकाको प्राकृतिक सौन्दर्य, संस्कृति र स्थानीय पहिचान झल्काउने लोकदोहोरी गीत ‘चिउरी फुल्ने ठाउँ’ सार्वजनिक गरिएको छ। गीतमा स्थानीय लोकगायक गम बहादुर प्रजा र उर्मिला प्रजाको स्वर रहेको छ ।

गीतको भिडियो मकवानपुरमा सबैभन्दा धेरै चिउरीका फूल पाइने क्षेत्रका रूपमा परिचित सिलिङगे–सीमार गाउँमा छायांकन गरिएको हो । चिउरी फुल्ने मौसममा देखिने मनमोहक प्राकृतिक दृश्य, गाउँको जीवनशैली, संस्कृति तथा स्थानीय परिवेशलाई गीतमार्फत प्रस्तुत गरिएको छ । साथै, राक्सिराङका रमणीय पर्यटकीय क्षेत्र घुम्न आउन समेत गीतमार्फत दर्शक तथा श्रोताहरुलाई आग्रह गरिएको छ ।
गीतमा आयुष चेपाङको शब्द तथा संगीत रहेको छ भने भिडियो सम्पादन राजकुमार मगरले गरेका छन् । त्यसैगरी नृत्य निर्देशन बिनोद सुन्दासले गरेका हुन् ।

भिडियोमा बिष्णु कुँवर, सपना चेपाङ, पवन कुमार चेपाङ, स्नेह चेपाङ लगायत स्थानीय कलाकारहरूको अभिनय देख्न सकिन्छ । उक्त गीतको भिडियो बिष्णु कुँवरको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

स्थानीय प्रकृति, संस्कृति र जीवनशैलीलाई गीत–संगीतमार्फत प्रस्तुत गरिएको ‘चिउरी फुल्ने ठाउँ’ गीतले राक्सिराङको पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
भिडियो हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.