राक्सिराङ ५ लैसिराङका १०७ बर्षका बाबल प्रजा

मकवानपुर । राक्सिराङ गाउँपालिका–५ लैसिरङका १०७ वर्षीय बाबल प्रजा अहिले उक्त क्षेत्रका सबैभन्दा ज्येष्ठ नागरिकको रूपमा चिनिन्छन् । शताब्दी उमेर पार गरिसक्दा पनि उनी दैनिक चलअचल, बोलचाल तथा स्मरणशक्तिमा सामान्य जस्तै सक्रिय देखिन्छन् ।

स्थानियका अनुसार बाबल प्रजाले आफ्नो जीवनको अधिकांश समय कृषि, चौपायापालन र परम्परागत जीवनशैलीमा बिताएका छन् । गाउँमै पाइने प्राकृतिक वातावरण र स्वदेशी खानपानलाई नै उनीहरू स्वस्थ र दीर्घजीवी रहने प्रमुख कारणका रूपमा लिन्छन् ।

प्रजाका १ छोरासँगै ३ छोरी छन् । वृद्धावस्थामा उनी हाल परिवारकै रेखदेखमा बस्दै आएका छन् । बाबल प्रजाले देशमा भएको सामाजिक, राजनीतिक तथा सांस्कृतिक परिवर्तनका धेरै चरण प्रत्यक्ष अनुभूत गरेका छन् । वर्षौंदेखि गाउँका युवादेखि वृद्धसम्म उनलाई चल्दाफिर्दा इतिहासको रूपमा मान्ने गरेका छन् ।

राक्सिराङ–५ का स्थानीय समाजसेवी, जनप्रतिनिधि तथा युवाहरूले बाबल प्रजाको दीर्घजीवन, सरलता तथा जीवटशीलताले नयाँ पुस्ता प्रेरित भएको बताउँछन् ।
“उमेर मात्र पुगेको होइन, जीवन जिउने जाँगर पनि धेरै नै देखिन्छ,” स्थानीय अशोक प्रजाले प्रतिक्रिया दिए ।

साथै उनको स्वास्थ्य स्थिति सामान्य रहेका छन् । १०७ वर्ष पुगेका बाबल प्रजा राक्सिराङ गाउँपालिकाका मात्र ज्येष्ठ नागरिक होइनन् उनी सामाजिक इतिहास, संस्कार र पहिचान बोक्ने जिवन्त उदाहरणका रूपमा चिनिन्छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.