मकवानपुर । धन्य पूर्णिमाको अवसरमा घोरसिमी कालिकाथानमा विशेष मेला–२०८२ आयोजना गर्ने तयारी गरिएको छ । राक्सिराङ–६ सिमर गाउँस्थित घोरसिमी कालिकाथान व्यवस्थापन समितिद्वारा आगामी मंसिर २१ गते गरिने उक्त मेलामा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।
मेलाको तयारी अन्तिम चरणमा रहेको र मेलालाई आकर्षक तथा भव्य बनाउन स्थानीय युवाहरू सक्रिय रहेको समितिले जानकारी दिएको छ ।धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धन्य पूर्णिमालाई विशेष पर्वको रूपमा मनाउने उद्देश्यले हरेक वर्षझैँ यस वर्ष पनि घोरसिमी कालिकाथान परिसरमा मेला आयोजना गर्न लागिएको हो ।
मंसिर २१ गते साँझ ४ बजेबाट सुरु हुने मेलामा स्थानीय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, मनोरञ्जन तथा धार्मिक गतिविधि रहने आयोजक समितिले बताएको छ । आयोजकले स्थानीयवासी, भक्तजन तथा शुभेच्छुक सबैलाई मेलामा सहभागिता जनाई सांस्कृतिक पर्वलाई सफल बनाउन निम्तो समेत गरेको छ ।
सम्पर्क:
दिप लोचन – ९८०५५०६६०२
एल.वि तामाङ – ९८२५५५२८१४
डि.वि लोचन – ९८६२१३१५०८











