राक्सिराङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको ११ सदस्यीय वडा कमिटी गठन

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राक्सिराङ गाउँपालिकाले वडा स्तरीय संगठन विस्तार गर्ने क्रममा राक्सिराङ–१ मा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

दुङ्गुस्थित राक्सिराङ–१ मा आयोजित कार्यक्रममा जिल्ला कमिटी सहसचिव तथा संगठन विभाग प्रमुख शान्ति थापाको प्रमुख आतिथ्य रहेको थियो । सो अवसरमा दुर्गा बहादुर स्याङतान (जेम्स लामा) सर्वसम्मत रूपमा वडा सभापतिमा चयन भएका छन् । त्यस्तै उपसभापतिमा रमेश लामा स्याङतान र सचिवमा अभिषेक स्याङतान चयन भएका छन् ।

कार्यक्रममा गाउँपालिका सभापति राजन मल्ल, उपसभापति दिपेन्द्र कोइराला, वडा नम्बर–३ का सभापति रमेश कुमार प्रजा र वडा नम्बर–५ का सभापति काजन थिङ विशेष अतिथिका रूपमा उपस्थित थिए । उक्त कार्यक्रमलाई गाउँपालिका सचिव जगत बहादुर थिङले सञ्चालन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा जिल्ला सहसचिव तथा प्रमुख अतिथि शान्ति थापाले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै निर्वाचनका क्रममा योगदान पुर्‍याउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै थापाले नवगठित कमिटीलाई सक्रियरुपमा संगठन निर्माणमा लाग्न समेत आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.