मनहरीमा ट्राइ–एम बाइबल स्कूलको दीक्षान्त, १८ विद्यार्थी बने आत्मिक नेतृत्वका पात्र

मनहरी (मकवानपुर) फेब्रुअरी २६ २०२६ । ट्राइ–एम बाइबल स्कूल नेपाल (थियोलोजिकल इन्स्टिच्युट) को दोस्रो दीक्षान्त समारोह मनहरी गाउँपालिका–७ स्थित बङ्गनाम चर्चमा बिहिवार सम्पन्न भएको छ । चार वर्षे डिप्लोमा सर्टिफिकेट कोर्स पूरा गरेका १८ विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयका अनुसार चार वर्षे पाठ्यक्रमअन्तर्गत २४ विषय समावेश थिए । विद्यार्थीलाई बाइबलीय अध्ययन, आत्मिक नेतृत्व र व्यवहारिक सेवकाइसम्बन्धी प्रशिक्षण दिइएको थियो । ती विषय संयुक्त राज्य अमेरिकाबाट आएका ८ जना शिक्षकले अध्यापन गरेका थिए । अधिकांश शिक्षक पीएचडी डिग्रीधारी रहेको जनाइएको छ ।

नेपालमा सञ्चालित कार्यक्रमको समन्वयकका रूपमा कुमार सिंह प्रजाले चार वर्षसम्म शैक्षिक गतिविधिको व्यवस्थापन र समन्वय गरेका थिए । दीक्षान्त समारोहमा विभिन्न चर्चका अगुवा, अभिभावक र विश्वासीजनको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रम फादर सुनिल मोक्तानले सञ्चालन गरेका थिए । समारोह प्रार्थना, शुभकामना मन्तव्य र प्रमाणपत्र वितरणसहित सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.