मकवानपुर । दुई सातादेखि हराइरहेका राक्सिराङ गाउँपालिका–४, पन्जनिका ६१ वर्षीय कामी सिंह थिङ मृत अवस्थामा फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय मनहरीका अनुसार, शनिबार दिउँसो कालिका सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत ठुलोखोल्सी क्षेत्रमा उनको शव फेला परेको हो ।
परिवारका अनुसार, मानसिक समस्या भोग्दै आएका कामी सिंह फागुन २९ गते घरबाट हराएका थिए । उनका छोरा अमिनबहादुर थिङले सनाखत गरेपछि शव परीक्षण र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक दीपक थापाले घटनास्थलमा कुनै शंकास्पद अवस्था नदेखिएको जानकारी दिए । घटना सम्बन्धी अनुसन्धान जारी रहेको छ ।
प्रतिकृया दिनुहोस्











