फेसबुकमा लगाइएका आरोपप्रति महेश कुमार चेपाङको आपत्ति

मकवानपुर । सामाजिक सञ्जाल फेसबुकमा Padama Pradhan नामक व्यक्तिको फेसबुक आईडीमार्फत आफूविरुद्ध आर्थिक कारोबार तथा जग्गा किनबेचसँग जोडेर लगाइएका आरोपप्रति सामाजिक अभियन्ता एवम् कांग्रेस नेता महेश कुमार चेपाङले गम्भीर ध्यानाकर्षण जनाएका छन् । चेपाङले सार्वजनिक गरेको लिखित विज्ञप्तिमा Padama Pradhanसँग आफ्नो कुनै पनि किसिमको आर्थिक लेनदेन, कारोबार वा पैसा लिनु पर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले पैसा नतिरेको भन्दै फैलाइएका आरोपहरू कपोलकल्पित, आधारहीन र चरित्र हत्या गर्ने नियतले गरिएको दाबी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “मेरो Padama Pradhan सँग कुनै पनि आर्थिक कारोबार नभएको प्रमाणित गर्न म जुनसुकै चुनौती दिन तयार छु ।” लामो समयदेखि सामाजिक र राजनीतिक जिम्मेवारीमा रहेर समाज र आफ्नो जाति–समुदायको हकहितका लागि काम गर्दै आएको व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले यस्ता आरोप लगाइएको उनको भनाइ छ । चेपाङले Padama Pradhan ले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा तथ्यसहित माफी माग्नु पर्ने माग गरेका छन् । अन्यथा सम्पूर्ण प्रमाणसहित कानुनी उपचारको बाटो रोज्न बाध्य हुने चेतावनी पनि उनले दिएका छन् ।

साथै यस्ता भ्रामक, झुटा र अशोभनीय आरोपले आफ्नो व्यक्तिगत जीवन, शुभचिन्तक तथा सामाजिक–राजनीतिक मित्रहरूमा नकारात्मक प्रभाव परेको भन्दै यस्ता गतिविधि रोक्न सम्बन्धित सबै पक्षलाई उनले आग्रह समेत विज्ञप्तिमार्फत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.