बिहीबार, चैत्र ०७ गते ।
मकवानपुर । स्ववियुको निर्वाचन मकवानपुरमा आठ कलेजमा हुने गर्दछ । मकवानपुरमा सक्रिय सबै राजनीतिक दलले स्ववियु निर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय बनाउने गर्छन ।
मकवानपुरमा अघिल्लो स्ववियु निर्वाचनमा नेपाली कांग्रेस निकट नेबिसंघको आन्तरिक विवादका कारण नेबिसंघ पत्ता साफ बनेको थियो । यस पटकको स्ववियु निर्वाचनमा भने मकवानपुर नेबिसंघ सभापति भिसन ठकुरी नेतृत्वको समितिलाई नै केन्द्रले आधिकारिकता दिएपछी नेविसंघले सबै क्याम्पसमा आफ्नो प्रभुत्व जमाउन सफल बनेको छ ।
२०७९ को स्ववियु निर्वाचनमा नेबिसंघ पत्ता साफ भएको मकवानपुरका सबै क्याम्पसमा २०८१ को स्ववियु निर्वाचनमा भने आफ्नो हुकुमी चलाउन सफल बनेको देखिन्छ । नेविसंघले मकवानपुरमा आफ्नो बलियो पकड रहेको प्रमाणित पनि गर्न सफल बनेको छ । नेबिसंघ मकवानपुरका सभापति भिसन ठकुरी र नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस इकाई सभापति सागर घिमिरे लगायतको टिमसग मिलेर मकवानपुरका काँग्रेस युवा नेता आनन्दरामा पराजुलीको सक्रियताले नेबिसंघले मकवानपुरमा गुमाउदै आएको आफ्नो बिरासत फर्काएको हो ।
स्ववियु निर्वाचनले नेतृत्वले जब जिम्मेवारी बहन गर्छ त्यसपछि रिजल्ट पनि पोजेटिभ आउँछ भन्ने गतिलो उदाहरण दिएको छ । २०८१ को स्ववियु निर्वाचनमा नेविसंघलाई मकवानपुरमा स्थापित गराउन पराजुलि नै नायक सावित बने र सबै क्याम्पसमा नेविसंघले आफ्नो गर्विलो उपस्थिति जनाउन सफल पनि बनेको छ । नेबिसंघ नै नेपाली कांग्रेसको राजनीतिको मेरुदण्ड हो भन्ने संकल्पका साथ पराजुलीले नेविसंघलाई स्थापित गर्न मुख्य भूमिका खेलेको र उपलब्धि सोचे अनुसार नै प्राप्त भएको नेबिसंघका नेताले राक्सिराङ अनलाइनलाई बताए ।
नेविसंघलाई राजनीतिक गुटबन्दीको मतियार बनाएर लाभ लिने केहि मकवानपुरका नेताको कारणले गर्दा स्ववियु निर्वाचनमा नेबिसंघ शुन्यको स्थितिमा थियो । तर जुन स्थितिलाई उल्टाउदै वार्ता र छलफलमार्फत कांग्रेस नेता पराजुलीले एउटा उचाईमा लैजाने काम गरेको छ ।मकवानपुरको स्ववियु निर्वाचन हुने अधिकांश क्यामपसहरुमा एक्ला एक्लै लड्नु पर्ने अवस्थामा नेबिसंघ कमजोर रहेको तथ्यलाई आधार मान्दै पराजुलीले गठबन्धनमार्फत निर्वाचनमा जाँदा नेविसंघको पहिचान स्थापित हुने परिस्थिति देखेपछी नेकपा एमाले निकट नेताहरुसग छलफल र सहकार्य गर्दै अगाडी बढाएर मकवानपुरका अधिकांश क्याम्पसहरुमा नेबिसंघलाई स्थापित गराएको छ ।
स्ववियु निर्वाचनमा नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीधर पोख्रेल, मकवानपुर बहुमुखी क्यामपसमा अनेरास्ववियुको कमाण्ड समालेका नेकपा एमाले उपाध्यक्ष हिदम लामा, नेविसंघ जिल्ला सभापति भिसन ठकुरी लगायतलाई वार्ता र छलफलमा राखेर गठबन्धन गरेर जाने सहमति बनेपछी नेविसंघ आज मकवानपुरको स्ववियुमा पनि हक जमाउने स्थितिमा पुगेको छ । जुन सफल काँग्रेस मकवानपुरका युवा नेता आनन्दराम पराजुलीको सक्रियताले नै भएको हो ।











