राक्सिराङ गाउँपालिका २ मा एमालेको वडा कमिटी गठन

मकवानपुर । नेकपा एमाले राक्सिराङ गाउँ कमिटीले २ नम्बर वडामा कमिटी गठन गरेको छ । गाउँ कमिटीका इन्चार्ज बाबुलाल स्याङ्तानको अध्यक्षतामा सम्पन्न भेलाले एमालेको २ नम्बर वडा कमिटी गठन गरेको हो ।

जसको अध्यक्षमा बुद्धि रानामगर, उपाध्यक्षमा राजकुमार चेपाङ, सचिवमा सन्तविर ब्लोन गरि २१ सदस्यीय कमिटी गठन गरेका हुन् । साथै नेकपा एमाले मकवानपुरका जिल्ला कमिटी सदस्य एवम् राक्सिराङ गाउँपालिका इन्चार्ज बाबुलाल स्याङ्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा राष्ट्रिय युवा संघको कमिटी पनि गठन गरेका छन् ।

जसको अध्यक्षमा कमल वाईवा, उपाध्यक्षमा अरिमा घलान सचीवमा प्रदीप चेपाङ गरि ११ सदस्यीय कमिटी गठन गरेको राष्ट्रिय युवा संघ नेपाल राक्सिराङ गाउँ कमिटी सदस्य एवम् २ नम्बर वडाका वडा इन्चार्ज कुशल लामाले बताए ।

साथै उक्त भेलामा जिल्ला कमिटी सदस्य सिंलाल चेपाङ, राष्ट्रिय युवा संघ नेपालको प्रदेश कमिटी सदस्य वीर बहादुर मिजा, राष्ट्रिय युवा संघ राक्सिराङ गाउँ कमिटी अध्यक्ष डिबि लोप्चन, राक्सिराङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उत्तम वाईवा लगायतका अन्य नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.