प्रहरी इन्काउन्टरमा मारिएका “चरी” सग भिड्ने राधे जिल्ला अध्यक्ष बन्न लबिङ गर्दै

मकवानपुर । कुनै समय प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी “चरी” सँग टक्कर लिएर जिगरवालाको रुपमा आफ्नो बेग्लै परिचय बनाउन सफल धादिङका युवा नेता राधे भण्डारीले नेपाल तरुण दल धादिङको जिल्ला अध्यक्षमा दाबी गरेका छन् । राधे धादिङको युवाहरु माझ निक्कै भाइरल र लोकप्रिय ब्याक्तित्व पनि हुन् ।

विवादित पृष्ठभूमिका राधेले जिल्लामा हुने कांग्रेसको विभिन्न कार्यक्रमहरुमा सक्रिय उपस्थिति देखाउदै आईरहेका छन् । उनको धादिङमा मात्रै नभएर काठमाडौं, चितवन, हेटौंडा लगायत अन्य जिल्लाहरुमा पनि राम्रो पकड छ ।

नेपाल तरुण दलको हुन गैरहेको जिल्ला अधिबेशनमा उनले अध्यक्ष बन्न केन्द्रसग लबिङ गरिरहेका छन् । राधेलाई तरुण दलको नेतृत्व दिने हो भने जिल्लामा तरुण दलको संगठन निर्माणले पनि तिब्रता पाउने भनेर चर्चा हुने गरेको छ । धादिङमा रहेको बालुवा खानी, क्रसर उद्योग लगायत अन्य ठेक्कापट्टाहरुमा समेत उनले हैकम जमाएर बसेका छन् ।

राधे गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका धादिङका लोकप्रिय युवा नेता हुन् । युवाहरूसँग टिकटक बनाउने, समाजिक संजालमा हाँसखेल गरेर रमाउने र युवाहरुलाई केही अप्ठ्यारो परेको बेला फिल्डमै गएर भिड्ने जिगरवाला छविले नै राधे भण्डारी धादिङमा चर्चित छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.