मकवानपुर, जेठ १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले न्याय नदिएको अदालतले मानवीय व्यवहार समेत नगरेको भन्दै गुनासो गरेकी छिन् । सामाजिक संजालमार्फत उनले दु:ख मानेकी हुन् ।
गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि नबोलेको भन्दै पाैडेलले सामाजिक सञ्जालमार्फत आफ्नो आस्था र विश्वासको जग हल्लिएको बताएकी छिन् । ‘केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो । नियत नै राखेर थुनियो । गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन । अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौँ ?’ भन्दै उनले प्रश्न गरेकी छिन् ।
गणतान्त्रिक राज्यमा समेत न्याय नपाएको गुनासाे गर्दै उनले थप लेखेकी छिन्, ‘गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ ।’ थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ !’











