राक्सिराङको काकडामा विद्यार्थी विद्यार्थीबीच हानाहान

मकवानपुर, जेठ २८ गते । राक्सिराङ गाउँपालिकाको एक विद्यालयमा विद्यार्थीहरुको दुई समुहबीच झगडा भएपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ ।मंगलबार बिहान राक्सिराङ ८ देवीटारमा रहेको श्री माध्यामिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुबीच सामुहिक झगडा भएको थियो ।

उक्त झगडामा २ जना विद्यार्थी घाइते भएको र अन्य केहीलाई सामन्य चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरुको भरतपुर र हेटौडामा उपचार भइरहेको छ ।घटनामा संलग्न रहेको आरोपमा ७ जना विद्यार्थीलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा राखेको छ । उनीहरु सबै विद्यार्थी १६ बर्षभन्दा कम उमेरको रहेका छन् ।

विद्यार्थी विद्यार्थीबीच भएको विवादले हात हालहालको अवस्था आएको वडा अध्यक्ष युसाई प्रजा (हबिल) ले बताए । तर घाइते विद्यार्थीको अभिभावकले भने घटना नियोजित भएको र हेडमास्टरकै गल्ती कमजोरीका कारण यस्तो नसोचेको घटनाको सिर्जना भएको भन्दै दोषीमाथि कडा कारबाही हुनु पर्ने माग राखेका छन् । साथै विद्यार्थीहरुको समुहबीच झगडा भएर २ जना घाइते र केही विद्यार्थी प्रहरी नियन्त्रणमा पुगेपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.