मकवानपुर । बकैया गाउँपालिका १ मकवानपुर मोरंगे चिसापानीका आगलागी पीडित परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले खाद्यान्नका साथै लत्ताकपडा सहयोग गरेका छन् ।
रास्वपा सभापति भरत पराजुली, क्षेत्र नम्बर १ का सभापति टाकाराज थापा (सुरेश), जिल्ला सहसचिव शान्ति थापा, बकैया गाउँपालिकाका पार्टी सभापति अम्मर दङ्गाल र बकैया वडा नम्बर १ का सभापति क्षेत्रबहादुर मोक्तान सहितका नेताहरु मिलेर आगलागी पीडित आइतेसिं जिम्बालाई तत्काल आवश्यक पर्ने सिरक, डस्ना, भाँडाकुँडा, दाल, चामल लगयतका सामग्री सहयोग गरेको हो ।
चैत्र ५ गते मंगलवार दिउँसो जंगलमा लागेको डंढेलोबाट आगो सल्किई घर र गोठ जलेर नष्ट भएको थियो । उक्त आगलागीबाट करिबकरिब ७ लाख बराबरको आफ्नो धनमाल जलेर नष्ट भएको जिम्बाले बताए ।
प्रतिकृया दिनुहोस्










