मकवानपुर । बुवाको किरिया बसेका परिवारलाई राक्सिराङ ४ का काँग्रेस वडा सभापति बिकास ब्लोनद्वारा आर्थिक सहयोग गर्नु भएको छ ।
नेपाली काँग्रेस राक्सिराङ गाउँपालिका ४ का पार्टी क्रियासिल सदस्य मोहन बहादुर पाख्रीनको बुवाको किरिया बसेको घरमा पुगि ब्लोनले उक्त परिवारलाई किरिया खर्च स्वरुप सहयोग गर्नुभएको हो ।
आज राक्सिराङ गाउँपालिका ४ अन्य काँग्रेस नेताहरुको समेत उपस्थितमा पाख्रीन परिवारलाई सभापति ब्लोनले रु २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । साथै उक्त सहयोगले क्रिया खर्च टार्न सहयोग पुग्ने पनि सभापति ब्लोनको भनाइ छ ।
प्रतिकृया दिनुहोस्










