कुलमान घिसिङको समर्थनमा हेटौंडा तात्यो

मकवानपुर । मंगलबार साँझ वाईसीएल नेपाल तथा कुलमान घिसिङ समर्थकहरूले हेटौंडामा टुकी बत्तीसहित जुलुस निकालेको छ । सरकारले घिसिङलाई बर्खास्त गरी हितेद्र शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । अहिले उक्त मन्त्रिपरिषद्को निर्णय बदर गर्न  घिसिङको समर्थकहरुले देशब्यापी  विरोध प्रदर्शन गरिरहेका छन् ।

कुलमानको पक्षमा मकवानपुरको हेटौंडामा पनि प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्रको युवा दस्ता वाईसीएल नेपाल मकवानपुरको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । विरोधसँगै उनीहरूले सरकार विरुद्ध नाराबाजीसहित नगर परिक्रमा गरेका थिए । विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला समेत जलाएका थिए ।

प्रदर्शनकारीलाई रोक्न खोज्दा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच घम्साघम्सी समेत चलेको थियो । त्यस क्रममा प्रहरी निरीक्षक विमला कठायत घाइते समेत भएकी छिन् । साथै केही समय खोपे गल्लीमा रहेको तरकारी बजार क्षेत्र तनावग्रस्त बनेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.