मकवानपुर । काठमाडौं महानगरका स्थानीय मत मात्रै होइन देशभरका जनताको मन जितेका काठमाडौंका मेयर बालेन शाह अहिले एक्लदै जान थालेका छन् । सुरुवाती समयमा राम्रो साथ दिएका उपामेयर, अन्य जनप्रतिनिधि र कर्मचारीहरु समेतले उनको साथ छोड्न थालेको हो । ठुला दलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार शाह ६१ हजार ७ सय ६७ मतसहित नगर प्रमुख बनेका थिए । आम मान्छेको रोजाईमा पर्ने गरेका उनै मेयर शाह अहिले विभिन्न बिषयमा आलोचित समेत हुँदै आईरहेका छन् ।
सुरुवाती चरणमा एमालेबाट उपामेयर बनेकी सुनिता डङ्गोल र विभिन्न वडाका वडा अध्यक्षहरुले बालेनलाई साथ दिएका थिए । कार्यपालिकामा काँग्रेसको बहुमत भए पनि निर्णय प्रक्रियामा राम्रै समन्वय देखिएको थियो । बालेन र सुनिताको टुनिङ यतिसम्म मिलेको थियो कि केहीले उनिहरुले नयाँ राजनीतिक पार्टी गठन गर्ने सम्भावना रहेको समेत भन्ने गरेका थिए । तर अहिले अवस्था फेरिएको छ । टुकुचा उत्खननदेखि काठमाडौं टावर प्रकरणसम्म आईपुग्दा बालेनको एकल निर्णय गर्ने शैलीले कार्यपालिकाभित्रको सहकार्य टुटेको हो । वडा अध्यक्षहरुले बालेनको एकल निर्णय गर्ने शैली, सम्बादको अभाव र कार्यन्वयनको ढिलाईप्रती असन्तुष्टि जनाउदै महानगरभित्र बिरोध प्रदर्शन भएको थियो ।
काठमाडौं टावरको नक्सा १२ तलाको पास गर्नु पर्नेमा १९ तलाको पास गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि बालेनले कारबाहीको सिफारिस गर्दा महानगरका प्रबक्ता रहेका नवीन मानन्धरले साथ दिएका थिए । काँग्रेसबाट निर्वाचित भएका मानन्धरले मेयर शाहलाई विगतदेखि नै साथ दिदै आईरहेका थिए । तर ३ महिनासम्म पनि अर्को प्रमुख प्रशासकीय अधिकृत ल्याउन नसकेको र महानगरका कर्मचारीको तलबदेखि बिकास निर्माणका सम्पूर्ण काम रोकिएपछी मानन्धरसहित काँग्रेसका सम्पुर्ण निर्वाचित वडा अध्यक्षहरुले बालेनको साथ छाडेका हुन् ।
काठमाडौं महानगरका प्रबक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृतको अधिकारभित्र आर्थिक कार्यभार पर्ने भएकाले आर्थिक अधिकारभित्र रहेर जुन पुर्वधारको काम भएको थियो ती ठेकेदार र मजदुरले पैसा नपाएको र यो अवस्था भयबह हुदा पनि नेतृत्व सहज नभएको भन्दै गुनासो व्यक्त गरे । साथै चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई कार्यालय प्रवेश गराउने कार्यले मेयर र उपामेयरको सम्बन्धमा खटपट रहेको प्रष्ट देखिन्छ ।
सधैं मेयर बालेन शाहलाई साथ दिने उपामेयर सुनिता डङ्गोल अब भने खुलेर आलोच बनेकी छिन् । महानगरमा समस्य खडा गरेर त्यसलाई समाधान गर्नुको साटो त्यसलाई नजर अन्दाज गरेको भन्दै डङ्गोलले आक्रोश व्यक्त गरेकी थिईन । आम जनताहरुको मन जित्न सफल बनेका मेयर शाह आफ्नो केही कार्यका कारण विवादमा मात्रै परेका छैनन् उनलाई साथ दिदै आएकाहरुले पनि साथ छोड्न थालेका छन् ।










