अभियन्ता लक्ष्मी बोगटीद्वारा आगलागी पीडितलाई राहत वितरण

मकवानपुर । अछाम जिल्लाको बान्निगड जयगड बजारमा भएको भीषण आगलागी पीडितलाई राहत वितरण गरिएको छ । अभियन्ता लक्ष्मी बोगटीले विभिन्न देशबाट प्राप्त भएको सहयोग सामग्रीहरू पीडितलाई वितरण गरेका हुन् ।

आगलागी पीडित २७ परिवारलाई त्रिपाल, डसिना, बलाङ्केट, बाल्टिन तथा केही नगद रकम लगायतका सामाग्रीहरु अभियन्ता बोगटीले पीडितलाई भेटेर हस्तान्तरण गरेको हो । अहिलेको तत्कालको अवस्थालाई बुझेर तत्कालका लागी राहत सहयोग गरिएको बोगटीनले बताए ।

साथै सहयोगमा साथ सहयोग गर्ने सम्पुर्ण सहयोगी दाताहरुलाई धन्यवाद दिदै बोगटीले आगामी दिनहरूमा पनि यस्तै समाज सेवामा निरन्तर लागि रहने बताए । त्यस्तै आगलागी पीडितले केही मात्रामा भए पनि बोगटीको सहयोगले राहत महशुस गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.