कक्षा १२ को वार्षिक परीक्षा नसर्ने, वैशाख ११ बाट परीक्षा सुरु हुने

मकवानपुर । कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज (मंगलबार) बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले परीक्षाका लागि तयारी भइसकेकाले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरिएको बताए ।

‘केन्द्र तोकिएको छ । सबै विद्यालयबाट समयमै परीक्षा होस भन्ने आएको छ । सबै जिल्लाका परीक्षा समन्वय समितिलाई जहाँ जहाँ केन्द्र तोकिएको छ । त्यहाँ परीक्षा सञ्चालन गर्ने सन्दर्भमा आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय भएको छ’ उनले भने । यो सँगै परीक्षा वैशाख ११ मा सुरु भई २४ गते सकिने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.