चितवनमा बस दुर्घटना, १ जनाको मृत्यु

मकवानपुर, जेठ ०९ गते । चितवनमा आज शुक्रबार बिहान बस र कार एक आपसमा ठोकिँदा १ जनाको मृत्यु भएको छ । बिहान १:४५ बजे चितवनको खैरहनी नगरपालिका २ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा उदयपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कारसग ठोकिएका थिए ।

दुर्घटनामा कार चालक खैहरनी नगरपालिका ८ बस्ने ४२ वर्षिय प्रदीप तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकामा बिहान ३ः०५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.