मकवानपुर, जेठ १३ गते । नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्र बजगाईंले पार्टीका पूर्वमहामन्त्री शशांक कोइरालामाथि गम्भीर आरोप लगाएका छन् । उनले कोइरालाले तीनवटा गाडी, सुनको रोलेक्स घडी र नगदसहित दुई वटा झोला घुसस्वरूप लिएको आरोप लगाएको हो ।
गृहमन्त्री रमेश लेखक विवादमा मुछिएपछि बजगाईंसहितका केही नेताले छानबिनको माग गरेका थिए । तर, त्यस विषयमा पार्टी बैठकमा बजगाईं लगायत राजीनामा माग गरेका नेताहरूलाई उल्टै स्पष्टीकरण सोध्नु पर्ने प्रस्ताव कोइरालाले गरेका थिए ।
सांसद बजगाईंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा लेखिएको छ, ‘म चाहँदैनथेँ कि मलाई किया र दुईवटा महिन्द्रा जस्ता एसयूभी उपहारहरू, रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, तथाकथित घरको जीर्णोद्धार वा राजनीतिक पदहरूको सौदाबाजीबारे प्रश्न उठाउनु परोस् । तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्ने छ ।’










