सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्यायो

मकवानपुर, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट ल्याएका हुन् ।

यो चालु आवको तुलनामा ५ दशमलव ५८ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा १८ दशमलव २ प्रतिशत धेरै हो । चालु आवमा सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन गरेको छ भने वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएको छ ।

आगामी आर्थिक वर्ष सरकारले प्रदेश र स्थानीय तहमा ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण गर्दैछ । तीमध्ये सरकारको बजेटमा बागमती प्रदेशको महत्त्वपूर्ण आयोजनाहरू समेटिएका छन् । सरकारले बजेटमार्फत् हेटौँडा–काठमाडौँ पोडवे सम्भाव्यता अध्ययन, सुरुङ मार्ग निर्माण सम्भाव्यता अध्ययन, शक्तिखोर र मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र सञ्चालन तथा अन्तर्राष्ट्रियकरण चिकित्सा शिक्षाका योजनाहरू, जीर्ण अवस्थामा रहेको हेटौँडा सिमेन्ट उद्योग लगायतका सरकारी उद्योगहरू सञ्चालनको लागि अध्ययन गरी लगानी व्यवस्था गरिने उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.