पत्रकारमाथी मकवानपुरे चेली सिडियोको दादागिरी

मकवानपुर, असार ०६ गते । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन नेपाल प्रेस युनियन मकवानपुरले आग्रह गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले समाचार संकलन गर्न रोकेको विषयमा युनियन मकवानपुरले विज्ञप्ती जारी गर्दै उक्त घटनाको भत्सना गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा शुक्रबार हेटौंडाका जनप्रतिनिधिमाथि भएको घटना, नेपाली कांग्रेसको ध्यानाकर्षण, रास्वपाको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाल (नेपाल टेलिभिजन), सदस्यद्वय गणेश दुलाल (रातोपाटी डटकम), मनिल महत्तो (टिम टिभी) लगायतका दर्जन पत्रकारलाई कार्यालयमा छिर्न, दृश्य खिच्न नदिएको घटनाप्रति प्रेस युनियन मकवानपुरको ध्यानाकर्षण भएको प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले बताए ।

‘सार्वजनिक पद धारण गरेर नागरिकका सरोकारका विषयमा पत्रकारहरुलाई विभिन्न बहाना गर्दै कर्तव्य पालनामा रोक्नु नेपालको संविधान र संचार ऐन विरुद्धको गतिविधि रहेको प्रेस युनियन मकवानपुरको ठम्याइ छ ।’ विज्ञप्तीमा उल्लेख छ, ‘नेपालको संविधान २०७२ को धारा १७ (२) (क), १९, २७ र ३५ (४) ले सञ्चारकर्मीलाई अभिव्यक्ति स्वतन्त्रता, सूचना प्राप्तिको अधिकार र निष्पक्ष प्रेसको प्रत्याभूति गरेको छ । साथै सञ्चारकर्मी सुरक्षा नीति, २०७३ र फौजदारी संहिता, २०७४ का प्रावधानले पेशागत काममा अवरोध पुर्‍याउने जस्ता क्रियाकलापलाई स्पष्ट रूपमा दण्डनीय मानेका छन् ।’

साथै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई पत्रकारहरुको पेशागत मर्यादा, सरक्षा प्रत्याभुत हुने गरी कार्य सम्पादन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन अध्यक्ष विडारीले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.