मकवानपुर, असार २० गते । मकवानपुरको हेटौंडा राप्ती रोडमा बिहीबार राति साढे ११ बजे मोटरसाइकल दुर्घटना हुँदा कालिका मावि राक्सिराङका प्रधानाध्यापकको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १० राप्ती रोडमा भएको मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापक दिपेन्द्रकुमार झाको मृत्यु भएको हो ।
हेटौंडाको बुद्धचोकबाट थानाभर्याङतर्फ जाँदै गरेको ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा झाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राप्ती रोडमा ह्युमपाइप राख्न सडक खनिएको थियो । सोही खनिएको स्थानमै मोटरसाइकल दुर्घटना भई प्रधानाध्यापक झाको ज्यान गएको हो । धनुषाको जनकपुर ४ घर भएका ४५ वर्षीय झा १५ वर्षदेखि उक्त विद्यालयमा प्रधानाध्यापक पदमा कार्यरत रहेका थिए ।
प्रतिकृया दिनुहोस्










