नेपाली कांग्रेस राक्सिराङ ४ समितिको उदाहरणीय काम, क्यान्सर पीडितलाई आर्थिक सहयोग

मकवानपुर, साउन ११ गते । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका ४ ले एक क्यान्सर पीडित पुरुषलाई बीस हजार रूपैयाँ आर्थिक सहयोग गरेकाे छ । वडा सभापति बिकास ब्लोनका अनुसार क्यान्सर राेगी मकवानपुर राक्सिराङ गाउँपालिका ४ पन्जनीका ४० बर्षका लोक बहादुर थिङकाे उपचारका लागि उनको घरमै गएर बीस हजार रूपैयाँ सहयोग गरिएको हाे ।

मुखमा क्यान्सर देखा परेको थिङकाे किमो चढाउनु पर्ने भनेर डाक्टरले सल्लाह दिए पनि उनको उपचार हुन सकेको छैन । क्यान्सरको उपचार गराउदै आएपनि आर्थिक अभावका कारण उपचारमा समस्या भएको जानकारी पाएपछि वडा समितिसंग सल्लाह गरेर केही पैसा संकलन गरेर बीस हजार रूपैयाँ सहयाेग गरेको सभापति ब्लोनले बताए । सभापति ब्लोनका अनुसार, आफ्नो वडाको विभिन्न टोलहरुमा रहेको विपन्न र गरीब रोगीहरुलाई वडा समितिले यसअघि पनि सहयोग गर्दै आएको बताए ।

साथै उक्त आर्थिक रकम हस्तान्तरण कार्यक्रममा वडा सचीव टिकाराम थिङ, तरुण नेता मोहन मोक्तान (जोक), अमिन थिङ, अशोक गलान लगायत अन्यत्र पार्टी नेता एवम् तरुण नेताहरुको उपस्थित रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.