टोल सुधार समितिद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

मकवानपुर, साउन १७ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका ४ का एक पुरुषलाई क्यान्सरको उपचार गर्न २४ हजार ३ सय २० रुपियाँ सहयोग जुटेको छ ।

४० बर्षका लोकबहादुर थिङ मुखको क्यान्सरबाट पीडित छन् । हाल राक्सिराङ ४ पन्जनीमा बस्दै आएका थिङको विगत लामो समयदेखि बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार गराउदै आइरहेको छ ।

आर्थिक अवस्था निक्कै कमजोर भएका कारण टोल सुधार समिति राक्सिराङ ४ पन्जनीका अध्यक्ष मोहनबहादुर मुक्तान (जोक) को नेतृत्वमा पन्जनी टोलमा रकम सङ्कलन गरि थिङलाई हस्तान्तरण गरेका हुन् ।

साथै उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा टोलमा सक्रिय रहेको राजनीतिक दलका स्थानीय नेता र समाजसेवीहरुको उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.