मकवानपुर, भदौ ०७ गते । नेकपा (माओवादी केन्द्र) को युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल राक्सिराङले शनिबार राक्सिराङ गाउँपालिकास्थित राक्सिराङ आधारभूत अस्पताल परिसर सफा गरेको छ । वाईसिएल राक्सिराङले आयोजना गरेको ‘श्रम तथा उत्पादनमा वाईसिएल’ अभियान अन्तर्गत आज (शनिबार) अस्पताल परिसर सरसफाइ गरिएको हो ।
सरसफाइ अन्तर्गत अस्पतालको परिसर सरसफाइ गरिनुका साथै फोहोर व्यवस्थापन समेत गरिएको थियो । राक्सिराङ गाउँपालिका ५ नम्बर वडामा रहेको अस्पतालको परिसरलाई सफा र व्यबस्थित बनाउने र श्रमसंगै उत्पादनलाई जोड दिनु पर्छ भन्ने उदेश्यले यो अभियान संचालन गरिएको वाईसीएल नेपाल राक्सिराङ गाउँपालिका अध्यक्ष पुष्पराज थिङ तामुले बताए ।
साथै उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सचिवलय सदस्य विरबहादुर घलान (ज्वाला), प्रदेश समिति सदस्य एवम् राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ, पार्टी जिल्ला समन्वय समिति सदस्य एवम् ८ नम्बर वडाका वडाध्यक्ष युसाई प्रजा, वाईसीएल नेपाल जिल्ला अध्यक्ष मुक्ति लामा, राक्सिराङ गाउँपालिकाका पार्टी अध्यक्ष हस्तबहादुर मुक्तान तथा पार्टीका विभिन्न तह, तप्का र जनवर्गीय संगठनमा आबद्ध नेता कार्यकर्ताहरूको व्यापक सहभागी रहेको थियो ।










