राक्सिराङका गाँजासहित ३ जना पक्राउ

मकवानपुर, भाद्र १६ गते । अवैध लागुऔषध गाँजासहित राक्सिराङका ३ जना पक्राउ परेका छन् । हेटौडा ३ स्थित बसामाडी चौकी अगाडी चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको हो ।

उनीहरुको साथबाट २६ किलो १० ग्राम लागूऔषध गाँजा समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा राक्सीराङ गाउपालिका १ का ३० बर्षीय प्रेमराज मोक्तान, १९ बर्षीय सन्दिप थिङ र १९ बर्षीय बुद्धिलाल मोक्तान छन् ।

बिशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाबाट र प्रहरी चौकी बसामाडी लेवट मकवानपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नेवारपानी तर्फबाट हेटौडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज ०५०३ नं. को यात्रुबाहक इभी गाडीमा खानतालासी गर्दा उक्त गाँजा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.